साइवर अपराध र सञ्चारमाध्यम बिषयमा छलफल – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

साइवर अपराध र सञ्चारमाध्यम बिषयमा छलफल

काठमाडौं÷प्रेस काउन्सिल नेपालको अघिल्लो हप्ता आयोजना गरेको साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै भएको भन्दै संविधानमा पनि व्यवस्था भएको बताए । तथापि स्वतन्त्रता असिमित नहुने भन्दै राज्यले बनाएको कानुन र काउन्सिलले बनाएको आचारसंहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताउँदै विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्नु, साँढे बन्न खोज्नु पत्रकारिता नभई अराजकता भएको बताए ।

प्रेस काउन्सिल ऐन, २०४८ अनुसार पत्रकारिताको बिषयवस्तुको अनुगमन गर्ने, उजुरीउपर सुनुवाई गर्ने र न्याय दिने निकाय भएकोले काउन्सिलका निर्णयमा मन्त्रीले रोक्न, अदालतले रोक्ने काम जायज नहुुने अध्यक्ष श्रेष्ठको तर्क थियो । कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानुनबमोजिम आवश्यक छानविन गरिने गरेको भन्दै साइवर कानुन संशोधन गर्नु अत्यावश्यक रहेको बताए ।

शको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुने उनले बताए । कार्यक्रममा शुभदिन डटकमका अशोक अधिकारीले अनलाइनप्रति विश्वास गुम्दै गएकोले यसको उचित व्यवस्थापन आवश्यक रहेको तर्पm ध्यानाकर्षण गराए । त्यस्तै अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल र पूर्व अध्यक्ष प्रवेश सुवेदीले प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनुपर्ने भन्दै अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको बताए । प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्ता अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्यादित गर्नका लागि राज्यले बनाएको कानुन र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७४ मंसिर ४, ०९: २६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७४ मंसिर ४, ०९: २६

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०७४ मंसिर ४, ०९: २६

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...