एमालेका २२ सांसदलाई स्पष्टिकरणः सर्वोच्चको आदेश विपरित भएको नेपाल पक्षको ठहर – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमालेका २२ सांसदलाई स्पष्टिकरणः सर्वोच्चको आदेश विपरित भएको नेपाल पक्षको ठहर

नयाँ विकल्प, काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना नेताहरुलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नारावाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाडौंमा बसेको एमाले नेपाल पक्षको स्थायी समिती सदस्यहरुको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुतला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न पनि ध्यानाकर्षण गराएको छ। बैठकमा सवै सदस्यको जोड एकता रहेको र एकता प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नेमा सवैको सहमति भएको उनले बताए ।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको बैठकको ठहर गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको माधव पक्षका नेताहरुको तर्क छ ।

स्पष्टीकरण सोध्ने विषय नै नरहेको र एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए। नेता गोकर्ण बिष्टले स्थायी समितीको अनौपचारिक बैठक बसेर एमाले भित्र देखापरेको असहज अवस्थाका बारेमा आपतकालीन छलफल भएको बताए ।

उनले कार्यदलले तयार गरेको सहमतिलाई कसरी अघि बढाउने भन्ने बिषयमा नै छलफल केन्द्रीत रहेको बताए। आफुहरु एकताका लागि क्रियाशिल रहेको तर सर्वोच्चको फैसलाबिरुद्ध २२ जना सांसदमाथि स्पष्टिकरण सोधिएको बताए ।

बैठकले स्पष्टिकरणले एकताको वातारणलाई धमिलाउने र कमजोर बनाउने काम गरेको बताए ।

भिडियाे…

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ६, १८: ३२

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ६, १८: ३२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण ६, १८: ३२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...