को-को बन्दैछन् एकीकृत समाजवादीबाट मन्त्री ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

को-को बन्दैछन् एकीकृत समाजवादीबाट मन्त्री ?

काठमाडौं । सत्तारुढ गठबन्धनको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्रीसहितको मन्त्रालयको टुंगो लागपछि एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको बताएको छ ।

एकीकृत समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार र एक राज्यमन्त्री पाएको हो । यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेका एकीकृत समाजवादीले प्रदेशमा दुई मुख्मन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा सहमत भएको सो पार्टी स्रोतले बताएको हो ।

एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने गठबन्धनका दलहरुबीच विहिबार सहमति भएको थियो । सहमतिअनुसार प्रदेश १ मा समाजवादीका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो । अहिले यी दुवै प्रदेशमा अल्पमतको सरकार रहेको छ ।

एकीकृत समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । राज्यमन्त्रीमा भगवानी खापुङ र कृष्णकुमार श्रेष्ठमध्ये एक जनालाई बनाउनेछ । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ आश्विन २२, १२: १५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ आश्विन २२, १२: १५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ आश्विन २२, १२: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...