
नयाँ विकल्प,
काठमाडौं – नेपालीहरुको प्रमुख रोजगार गन्तव्य देश कतारले त्यहाँ अवैधानिक रहेका आप्रवासीलाई आममाफी दिने भएको छ ।
आवास तथा कामदार भिसा उलंघन गरेका वा पारिवारिक भ्रमणका क्रममा भ्रमण नियम उलंघन गरेका विदेशी नागरिकहरुलाई आफ्नो कानुनी अवस्था सुधार्न आम माफी दिने भएको त्यहाँको आन्तरिक मन्त्रालयको भनाइ छ ।
आम माफीको लागि आउँदो अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म अवधि तोकिएको छ ।
आप्रवासीको आवागमनलाई सञ्चालन गर्न बनेको कानुन २०१५ को धारा २१ को आधारमा आफ्नो कानुनी अवस्था सुधार्ने मौका दिएको जनाइएको छ ।
अवैधानिक भएका श्रमिक, रोजगारदाता तथा होस्टलाई अम शलाल, अम सुनेम, मेसामीर, अल वाक्रा र अल रयानमा गएर माथि उल्लेखित कानुनको प्रावधानअनुसार निवेदन दिन आग्रह गरेको छ ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...