हङकङमा चरेस पठाउने ७ जना पक्राउ – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

हङकङमा चरेस पठाउने ७ जना पक्राउ


नयाँ विकल्प,

काठमाडौं -काठमाडौंबाट हङकङमा चरेस पठाउने समूहका सात जनालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

कारखाना नै सञ्चालन गरेर थाङ्कामा लुकाएर कार्गो मार्फत चरेस पठाउने समूहलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी)जीवन श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ र जालिन्द्र श्रेष्ठ उर्फ सागर सहित सात जना छन् ।

पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १४ मा मानभवन स्थित ‘ब्लु स्टार कार्गो’बाट हङकङ पठाउन लागेको अवस्थामा प्रहरीले अन्जित थापाको साथबाट ३ किलो ५० ग्राम चरेस बरामद गरेको थियो ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ आश्विन २४, २२: २३

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ आश्विन २४, २२: २३

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ आश्विन २४, २२: २३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...