काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले मोतिपुर औद्योगिक क्षेत्र बनाउने स्थलमा आएर घर टहरा बनाएर बस्नेका संख्या बढ्दै गएकाले प्रशासले हस्तक्षेप गर्नुपरेको बताएका हुन् ।
गृहमन्त्री खाँणका अनुसार प्रशासनले पटक पटक हट्न आग्रह गर्दा पनि नमानेपछि सुरक्षा निकाय पुग्दा आक्रमण भएको हाे । आइतबारको घटनामा सशस्त्र प्रहरीका १९ जना, जनपथका २४ भन्दा बढि घाइते भएको र प्रहरीले आफ्नो जीवनरक्षाका लागि गोली चलाउदा चार जनाको मृत्यु भएको मन्त्री खाँणकाे भनाइ छ ।
याे घटनामा सरकार दुखी रहेको र सरकार संवादबाटै समाधान खोज्न तयार रहेको बताए । मन्त्री खाँणले औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण हुन नदिने स्पष्ट पारे ।
मोतिपुर क्षेत्रमा जग्गा कब्जा गर्न गएको समूह र प्रहरीको झडपमा चारजनाको मृत्यु र दर्जनौं घाइते भएका थिए ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...