दशैँमा बज्न छाडे पञ्चेबाजा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

दशैँमा बज्न छाडे पञ्चेबाजा

दैलेख । कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली र सुदूरपश्चिममा विशेषगरी घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेको स्थानीय बताउँ छन् । बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै सानादेखि वृद्धवृद्धासम्म हुरूकै हुन्थे ।

बढ्दो आधुनिकसँगै पञ्चेबाजा घन्किनै छोडेका छन् । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पन्चेबाजा, नेपाली धार्मिक एबम सांस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ ।

विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजाका बेलामा पञ्चेबाजा बजाइन्छ । पहिलेपहिले छोराछोरीको विवाह सिजनभरि दैनिकजसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो, तल्लोमाल्लो गाउँका मानिसको ओइरो लाग्ने गथ्र्यो । बाजा बजाउनेको व्यवस्था पनि उस्तै राम्रो हुन्थ्यो ।

पञ्चेबाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती घिनघिन मादलको तालमा उफ्रिउफ्रि नाच्दै रमाइरहेका हुन्थे ।सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान महसुस हुँदैन थियो । धीत मरून्जेल हेर्थे, रमाउँथे । तर, केही वर्षयता भने बढ्दो आधुनिकतासँगै बिहेवारी तथा चाडबाडमा पञ्चेबाजा बज्नै छाडेको छन् । शिक्षादीक्षा र रोजगारीमा शहर छिर्नेको संख्या बढेसँगै गाउँघरमा पञ्चेबाजाको ध्वनि सुनिन छाडेको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन २९, १८: २४

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ आश्विन २९, १८: २४

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ आश्विन २९, १८: २४

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...