
दाङ/बुटवल । दुई दिनदेखि लगातारको वर्षाले देशका विभिन्न स्थानमा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षेति पुगेको छ । दाङको देउखुरीमा काटेर खेतमै सुकाएर राखेको धानबाली खेतमै भिजेको हो । यसरी धानबाली खेतमै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । भित्र्याउने समयमा वर्षाले क्षति पुर्याएपछि रुनु न हाँस्नुको अवस्था भएको किसानहरुले दुखेसो पोखे ।
लमही नगरपालिका ३ जखेरा तालका जगदीश चौधरी भने ‘आइतबारदेखि परेको वर्षाले धान भिजेपछि आउने वर्ष कसरी कटाउने भन्ने चिन्ताले लाग्न थालेको छ । करीब ६० हजार बराबरको धन बालीमा क्षति पुगेको छ । १५ कठ्ठा खेतमा रोपेको धान काटेर खेतमै सुकाएर उठाउने सोच बनाएको थिए ।’
दुई विगाह क्षेत्रफलमा अँधिया धान लगाएका लमही नगरपालिका–४ भैसकोर्माका पुनिराम चौधरी पनि चिन्तित बनेका छन् । ‘सबै धान भिजेर सखाप भयो, खेतमा पानी जमेर धान पौडी खेलिरहेको छ, अब आउने वर्षको खर्च कसरी धान्ने ?’ यसरी आफ्नो दुखेसो पोखे ।
वर्षाले धान खेतिसँगै आलु, तोरी, मसुरोलगायतका थुप्रै बालीमा क्षति पुर्याएको छ । त्यस्तै लगातारको वर्षाले यता रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्याएको छ ।
धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा रहेको बताए । केहि ले भने धान काट्न सुरु पनि गरेका थियौ । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी र्पुयाएको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ । थोरैले मात्र उठाउन भ्याएका छन् ।
रुपन्देही कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालका अनुसार ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ । अनले भने,‘ वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको छ । स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ ।’
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...