
काठमाडौं । तीन दिनदेखि लगातारको वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो खसेपछि राजमार्गको दैलेख खण्ड मंगलबार बिहानैदेखि अवरूद्ध भएको प्रहरीले जनाएको छ।
खिड्कीज्युला र घट्टेखोलामा ठूलो पहिरो खसेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ । सडक अवरूद्ध भएपछि अहिले सुर्खेतबाट जुम्ला कालिकोट जाने र सुर्खेत आउने यातायातका साधन रोकिएका छन् भने यात्रुलाई सास्ती भोग्नु परेको छ ।
पहिरो पन्छाउन सम्बन्धित निकायसँग समन्वय भएपनि दुर्गम भएकाले समयमै सडक खुलाउन नसकिने तर बेलुका सम्म सहज हुने प्रहरीले जानकारी दिएको छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...