
काठमाडौं । माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बताएका छन् ।
पत्रकारसँगको कुराकानीमा नेता विश्वकर्माले कोभिड–१९ का कारण महाधिवेशन रोकिएको र अहिले सहज भएपछि नयाँ तालिका बनाउने बारे पार्टी भित्र छलफल भइरहेको जानकारी दिए । तिहार अगाडि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीले ल्याएको प्रस्तावलाई अनुमोदन गर्ने जिकिर गरे ।
मंसिर ९ मा कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने ठोकुवा गरेका नेता विश्वकर्माले भने, ‘अहिले आम नेता कार्यकर्ता साथीहरुमा अन्योल छ । कतै वडाको अधिवेशन भएको छैन, कतै महाधिवेशनको मिति आइसक्यो । दसैं अगाडि गर्ने भनिएका पालिका र जिल्ला तहको अधिवेशन विविध कारणवश हुन सकेनन् । कात्तिकभित्र पालिकाको अधिवेशन गरी मंसिरभित्र सबै प्रदेशको अधिवेशन गर्ने अनि माघको पहिलो या दोस्रो हप्ताभित्र राष्ट्रिय महाधिवेशन हुने गरी अर्जुनदृष्टि लगाउनुपर्छ भन्ने मेरो सुझाव छ ।’
पार्टीभित्र रामचन्द्र पौडेल समूहले एकातिर महाधिवेशन सुचारु हुन नदिने अनि अर्कातिर समयमै किन गरिनस् भन्ने द्वैध चरित्र देखाइरहेको समेत नेता विश्वकर्माले आरोप लगाए । वडा अधिवेशनमा शेरबहादुर देउवा पक्ष कमजोर भएकाले महाधिवेशन सार्न खोजेको आरोप मात्र भएको विश्वकर्माको दाबी छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...