
कञ्चनपुर । महाकाली नदीको बाढीमा फसेका पाँच जनाको उद्धारका लागि हेलिकप्टर मगाइएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताएकी छन् ।
भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेको स्थानीयले बताएका छन् ।महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको प्रहरीले जनाएको छ ।
उद्दारका लागि विभिन्न प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । प्रभावित क्षेत्रमै पुगेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उद्दारका लागि हेलिकप्टर मगाइएको भन्दै शान्तोना दिएकी छन् ।
सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर फसेकाहरुको सुरक्षित उद्दार गर्नतर्फ लागेको उनको भनाइ छ । अहिले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पुरुषोत्तम कडेलसहितको टोलीपनि बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...