
नयाँ विकल्प,
पाँचथर – पाँचथरमा सोमवार भएको बस दुर्घटनामा परि ज्यान जानेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीको ज्यान गएको छ ।
दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् ।
घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ ।
दुर्घटनाबाट घाइते भएकाहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...