
नयाँ विकल्प,
काठमाडौं – ट्राफिक नियम उल्लङ्घन चालकहरुलाई कारबाही गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् ।
आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कानुनी दायरामा ल्याउने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबर पुस्कृत गरेको हो ।
सम्मानित हुने हरुमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ ।
यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।
प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...