
महोत्तरी । बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने दुई महिलासहित चार जनालाई जिल्ला अदालतले कारागार राख्ने आदेश दिएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाउने आरोपित ४ जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।
जलेश्वर नगरपालिका– ४ का स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।
स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवीलाई उनीहरु ४ जनाले बडादसैँको सप्तमीका दिन बोक्सीको आरोपमा कुटपिट तथा मानव मलमूत्र खुवाएको पिडितको आरोप छ । सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहित परिवारका चारै जनाले नै जादु र टुनामुना लगाएको भन्दै मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए ।
सुकमरियालाई उनीहरुले घर अगाडिको बिजुलीको पोलमा बाँधेर अपमानजनक व्यवहार गरेका थिए । उनीहरुले सुकमरियाको शरीरको कपडा फुकालेर नाङ्गो बनाइ, कपाल काटेरे, टाउको, अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए ।
घटनाका आरोपितलाई प्रहरीले कात्तिक १ गते पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...