
नयाँ विकल्प,
काठमाडौां – गोरखाबाट १५ किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार १४ किलो आठ सय ग्राम चरेससहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ परेकी हुन् ।
लाप्राकबाट छेवेटार आउँदै गरेको बा २० च ९३३२ नम्बरको जीपमा झन्डै १४ किलो परिमाणमा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट चनौटेले हिजो बुधवार राति जाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रङ्गको बोराभित्र प्लास्टिकको थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद गरेको हो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको समय दिइएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...