महोत्तरीमा सामूहिक बलात्कारपछि मृत्युको घटनामा दुई जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

महोत्तरीमा सामूहिक बलात्कारपछि मृत्युको घटनामा दुई जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं । महोत्तरीमा प्रहरीले एक महिलाको मृत्यु सामूहिक बलात्कारपछि मृत्यु भएको घटनामा दुई जनालाई पक्राउ गरेको छ ।

१३ असोजको राति सामूहिक बलात्कारमा परेकी भंगहा नगरपालिका २ बखरीकी ३५ बर्षीया अमृता सदाको असोज १४ गते मृत्यु भएको थियो ।

राति ११ बजे उनलाई घरबाटै कब्जामा लिएर दुई जनाले बलात्कार गरी विहान ३ बजे बेहोस अवस्थामा घरमा छाडिदिएका थिए ।

स्थानीय मेडिकल हुंदै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएकी उनको १४ असोजमा मृत्यु भएको हो ।

प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियाका ४२ बर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगहा नगरपालिका५ सीतापुरका २४ बर्षीय बिपिन मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २, २१: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २, २१: १५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २, २१: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...