
नयाँ विकल्प,
काठमाडौं- गृह मन्त्रालयले काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय ९युएनएचसीआर०को जिम्मा लगाउनेनिर्णय गरेको छ ।
२०७८ कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान व्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधार कार्ड देखाएर छिरेका उनीहरु सिनामंगलस्थित फेसबुक होटलमा बसेका थिए ।
तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो । भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरु नेपाल आएका हुन् । भिसा हुनेहरुमा मोहम्मद जामराई स्टानिकजाई, नाजिफ स्टानिकजाई, मिस्बाह जाइनाव स्टानिकजाई, नोरुल हाया स्टानिकजाई र ८ वर्षका मोहम्मद रायन स्टानिकजाई छन् ।
अध्यागमन विभागले उनीहरुलाई मेक्सिको पठाएको थियो । तर, श्रीलंकाको ट्रान्जिटबाट उनीहरुलाई फिर्ता गरियो । ती ५ जनासहित ११ जना अफगानीलाई अध्यागमन विभागले थुनामा राखेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...