
नयाँ विकल्प,
काठमाडौं । प्रहरीले ट्रेडमार्क चोरी र साइबर अपराधको आरोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की पक्राउ गरेको छ ।
पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए ।
उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरी फेसवुक र टिकटकमा प्रयोग गरेको उजुरी परेको प्रहरीले बताएको छ ।
चोरी भएको ट्रेडमार्क सामाजिक सञ्जालमा आफूहरुको ट्रेडमार्क र इमेल ठेगानाको अनधिकृत प्रयोग गरी ग्राहक, वितरक तथा सर्वसाधारणलाई भ्रम सिर्जना गरी गैर कानुनी काम गर्ने मात्रै होइन आफू पहिले काम गरेको संस्थालाई नोक्सान पुर्याउने उदेश्यले गतिविधि गरेको जानकारी पाएपछि प्रहरीमा उजुरी दिएको हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...