
नयाँ विकल्प,
काठमाडौं । प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने भएको छ । काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बनाउन लागिएको जानकारी दिएको हो ।
ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए ।
उनका अनुसार निर्देशिका निर्माणका लागि काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदल बनाइएको छ । अब एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गरिने भएको छ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...