
नयाँ विकल्प,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्न निश्चित मापदण्डको आधार तयार गरेको छ । बोर्डले अंक पद्दति वा )(रजिष्ट्रेशन नम्बरको शुरुको दुई अंक ७३ वा सोभन्दा कम भएका)अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने भएको छ ।
त्यस्तै अक्षरांकन पद्दति(रजिष्ट्रेशन नम्बरको शुरुको दुई अंक ७४ वा सोभन्दा बढी भएका ) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र पाउने बोर्डले जनाएको छ ।
कुनै विषयमा सी वा डी प्लस प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल समावेश नहुने सो मापदण्डमा उल्लेख छ ।
ग्रेडवृद्धिको परीक्षा दिएका विद्यार्थीले उक्त पुरक परीक्षाको नतिजा प्राप्त भए पश्चात् मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेश गर्न समेत बार्डले आग्रह गरेको छ ।
शैक्षिक प्रमाणपत्रहरू बापत ट्रान्स्कृप्ट, माइग्रेशन र प्रोभिजनल लिनका लागि विद्यार्थीले क्रमश ३५०, ४०० र ३५० गरी जम्मा रु. १ हजार १ सय तिर्नुपर्नेछ । कक्षा १२ को मौका परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुले प्रमाणपत्रका लागि थप रु.३५० बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...