
नयाँ विकल्प,
कास्की – मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका ९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले बाग्लुङ नगरपालिका ६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित चिहान घाटमा परियारको शव फेला परेको थियो । घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले हत्या गरेको अभियोगमा मृतक परियारसँगै हिँड्ने अर्जुन विकलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...