
नयाँ विकल्प,
काठमाडौं – पर्वतमा यात्रुबाहक बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ बागलुङबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख १०१३ नम्बरको बस र विपरित दिशाबाट पर्वत तर्फ जाँदै गरेको ग ६ प ५५७३ नम्वरको मोटरसाईकल मोदी गाउँपालिका अन्तरगत पर्ने मध्यपहाडी राजमार्गको आम्वोटमा एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको महाशीला गाउँपालिका २ भोक्सिङका ३८ वर्षीय मोटरसाईकल चालक प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रहरी निरिक्षक अधिकारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...