दुई लाखको अवैध औषधिसहित प्रकाश बस्नेत पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दुई लाखको अवैध औषधिसहित प्रकाश बस्नेत पक्राउ

नयाँ विकल्प,

रसुवा – अवैध औषधिसहित सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेतलाई पक्राउ परेका छन् । चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । भन्सार परीक्षण भई सिलबन्दी गरेको ना६ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुञ्चे प्रहरी चेक पोइन्टले पक्राउ गरको बताइएको छ । बरामद भएको दुई लाख ५९ हजार ७०० बराबरको औषधिसहित निज बस्नेत उपर कानुनी प्रक्रिया अगाडि बढाउन आज रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ ९, २१: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ ९, २१: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ ९, २१: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...