बारामा मोबाइल पसल फुटाई चोरी गर्ने पाँच जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बारामा मोबाइल पसल फुटाई चोरी गर्ने पाँच जना पक्राउ


नया विकल्प,

काठमाडौं – बारामा पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउँ बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रसौनी गाउँपालिका–२ स्थित रहेको शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी गरी लुकाइराखेको अवस्थामा प्रसौनी गापा–१ मा बस्ने गोपिचन मुखियाको छोरा विशाल मुखियाको घरकोठा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामानमध्ये निज विशाल मुखिया सुत्ने कोठाभित्र रहेको खाटमुनि पिठ्यूँमा बोक्ने तीनवटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रवक्ता थापाले बताए ।

साथै विभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा रिपुराज लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ६ किलो ग्रामसमेत फेला पारी उक्त चोरी कार्यमा संलग्न ती पाँच जनालाई पक्राउ गरिएको प्रवक्ता थापाको भनाइ छ ।

पक्राउ परेका ती सबैलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ १६, २२: १९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ १६, २२: १९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ १६, २२: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...