
नयाँ विकल्प,
काठमाडौं – १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी ठकुरी बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ । अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए । ४८ वर्षीया ठकुरीले काठमाडौंको नागार्जुन नगरपालिका १ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आएकी थिइन् । उनको घरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ कि १४ वर्षीया बालिका बेहोस अवस्थामा २४ पुसमा फेला परेकी थिइन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...