
काठमाडौं । साउन १७ को बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ सकिएसँगै पानी परीक्षण गरेर सुन्दरीजल पठाउने तयारी भएको छ ।
परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।
पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्यद्वार नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो ।
सफाइको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले बताए ।
पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य सरकारले राखेको छ । लक्ष्यअगावै चैत तेस्रो सातासम्म काठमाडौँमा पानी ल्याउने गरी काम गर्न खानेपानीमन्त्री उमाकान्त चौधरीले निर्देशन दिएका छन् ।
चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइको काम गरिरहेको छ ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...