
भक्तपुर । भक्तपुर प्रहरीले न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ ।
भक्तपुरको चागुँनारायण नगरपालिका–६ नगरकोटस्थित गैरीगाउँका ३७ वर्षीय मनबहादुर तामाङको तीन तले घरमा सञ्चालित होटलबाट उनीहरु पक्राउ गरिएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए ।
पाण्डेका अनुसार महानगरीय प्रहरी परिसरको टोलीले उक्त होटलमा जुवा खेलाइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा निज १३ जनालाई पक्राउ गरिएको हो ।
प्रवक्ता पाण्डेले उक्त होटमा छापा मार्दा जुवाखालबाट १६ थान कौडा, रु ८ लाख २२ हजार ६० बरामद भएको र पक्राउ परेका १३ जना माथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...