सल्यान । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय लिलमान भण्डारी लगायत ४ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...