सवारी दुर्घटनामा तीनको मृत्यु – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सवारी दुर्घटनामा तीनको मृत्यु

इनरुवा । सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

इटहरी १७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

त्यसैगरी इनरुवा–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र-८ का २७ वर्षीय जीवन राउत गम्भीर घाइते भएकामा उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौली पञ्चायतका ३५ वर्षीय गुलाब मेहता गम्भीर घाइते भइ उपचारका क्रममा मेहताको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने कार र चालक रुपन्देही सैनामैना-४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक राईले बताए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७९ कार्तिक ११, १३: ४६

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७९ कार्तिक ११, १३: ४६

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
  • २०७९ कार्तिक ११, १३: ४६

काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज...