चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

काठमाडैं । प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएका दुई जनालाई सवारी साधन सहित ट्राफिक प्रहरीले आइतबार जिल्ला प्रहरी परीसर जावलाखेल, ललितपुरमा बुझाएको छ ।

रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाण्डौको सुन्धारा बस्ने २१ वर्षिय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि आजै परीसर जावलाखेल बुझाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बाग्मति प्रदेश ०२ -०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए । खोजतलास गर्ने क्रममा वास्तबिक नम्बर परिवर्तन गरि बाग्मति प्रदेश ०२ -०१९ प ९५६४ नम्बर प्रयोग गरी मोटरसाईकल चलाउँदै गर्दा हिजो अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरिसकेको छ । यस्तै चोरीका १९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागी सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ ।

प्रवक्ता भट्टका अनुसार ट्राफिक प्रहरीले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणका कार्य निरन्तर गर्दै आएतापनि, यस्ता कार्यलाई नियन्त्रण गर्न स्वयं सवारी धनी पनि विशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने सकेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने बताए ।

 

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७९ पुष ३, १६: १६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७९ पुष ३, १६: १६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७९ पुष ३, १६: १६

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...