भक्तपुर । भक्तपुर नगरभित्रका सामुदायिक, संस्थागत र गुठीद्धारा सञ्चालित विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भएको छ । शिक्षा विधेयकमार्फत जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र संघीयताविरोधी कदम भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।
शिक्षक आन्दोलन र त्यसको औचित्यमाथि प्रष्ट पार्दै शिक्षा विधेयकमा स्थानीय तहको अधिकार कटौती गरी संघमा पु¥याउने प्रतिगामी प्रावधानहरु रहेको उल्लेख गरे । नेपालको संविधान २०७२ ले मावि तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको भन्दै संविधानले प्रदान गरेको त्यो अधिकार कुनै पनि बहानामा खोस्न नपाइने बताए ।
संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयनमा ल्याउन सरकार गम्भिर बन्नु पर्ने उनको तर्क छ । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीलाई समान शिक्षा दिने विषयमा जोड दिँदै आएको भन्लदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनाको उद्देश्यअनुसार आवश्यक पूर्वाधार निर्माण गर्दै आएको तर सरकारको संकुचित सोच र पक्षपातपूर्ण व्यवहार गर्दा ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिमा ढिलाइ भइरहेको जिकिर गरे ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले समाज विकासको महत्वपूर्ण जग शिक्षा क्षेत्र भएको बताइन् । शिक्षा विकासमा भक्तपुर नपाले विशेष प्राथमिकता दिँदै आएको दावी गरिन् । शिक्षा क्षेत्र बाहेक पनि ख्वपको पहिचान बोकेको कला संस्कृति, सम्पदा संरक्षणमा पनि नपाले जोड दिँदै आएको बताइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले फरक विशेषतायुक्त भक्तपुर नगरपालिकाबाट सिक्न देशका विभिन्न स्थानीय तहहरु, संघ संस्थाहरु भक्तपुरको अध्ययन भ्रमणमा आउने सिलसिला चालु रहेको बताए । शैक्षिक प्रगतिमा यहाँका विद्यालयहरुले आगामी दिनहरुमा महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...