
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएको पहिरोले दुई घर बगाएको छ ।
गएराती गएको पहिरोले २ घर बगाउँदा एक जनाकाो शव भेटिएको र चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले अन्य घर र विद्यालयको भवनमा समेत क्षति पुगेको छ । घटनाबारे थप विबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट तीन घण्टा टाढा उत्तरमा पर्छ । प्रहरी घटनास्थल तर्फ गइरहेको र फुल्पिंगकट्टिमा रहेको शसस्त्र प्रहरी टोली घटनास्थल पुगिसकेको छ । पहिरोले पुरिएका पाँचैजना महिला रहेको र एक जनाको शव फेला परेको जिप्रका सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।
पहिरोले दुइवटा घर पुरेको छ भने विद्यालयको भवनमा समेत क्षति पुगेको छ । घटनाबारे थप विबरण आउन बाँकी छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...