भरतपुर महानगरपालिका द्वारा कृषि औजार वितरण – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

भरतपुर महानगरपालिका द्वारा कृषि औजार वितरण

कृषि सामाग्री वितरण गदै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल


नयाँ विकल्प
भरतपुर–भरतपुर महानगरपालिकाद्वारा वडा नम्बर १४ पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई कम्बाइन हार्बेस्टर प्रदान गरेको छ । नेपाल सरकारको सशर्त अनुदान अन्तरगत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार महानगर प्रमुख रेनु दाहालले कृषक समूहलाई हस्तान्तरण गरेकी हुन।


कम्बाइन हार्बेस्टरको साँचो हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख दाहालले कम्बाइन हार्बेस्टरको अधिकतम सदुपयोग गरी किसान तथा समुदायलाई सेवा प्रवाह गर्न समूहलाई गरिन ।

कम्बाइन्ड हार्बेस्टर

प्रमुख दाहालले उन्नत बिज वृद्धि कृषक समूहलाई विगतमा पनि महानगरपालिकाले सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि यसको निरन्तरता रहने भन्दै गुणस्तरीय बीउ उत्पादनमा विशेष ध्यान दिन आग्रह गरेकी थिइन।


सशर्त अनुदानमा प्रदान गरिएको सो कम्बाइन हार्बेस्टर उन्नत सहकारीले कृषकका लागि सहुलीयत दरमा उपलब्ध गराउनुपर्ने छ ।

कम्बाइन्ड हार्बेस्टर प्रदान गरेकोमा महानगरपालिकाप्रति कृतज्ञता प्रकट गर्दै समूहका सदस्य केदार पौडेलले आगामी दिनमा पनि महानगरबाट सहयोग हुने आशा व्यक्त गरे ।

आर्थिक वर्ष २०७६÷०७७ को नेपाल सरकारको सशर्त अनुदान कार्यक्रम अन्तरगत महानगरपालिकाले अनुदानस्वरुप २५ लाख पाँच हजार रुपैयाँ बराबरको सो हार्बेस्टर प्रदान गरेको हो ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण १, २१: १२

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण १, २१: १२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण १, २१: १२

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...