जनसहभागिता र जनचासो – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

जनसहभागिता र जनचासो

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

आज विश्वका धेरै मुलुकमा प्रजातान्त्रिक अभ्यास भएको छ । प्रजातन्त्र भन्नासाथ जनचाहना र जनचासो भन्ने बुझिन्छ । जनसहभागिता विना जनसरोकारका विषयहरु मुखरीत हुन सक्तैन । विकासको आरम्भ–प्रारम्भ जे भने पनि जनताकै लागि हो । जनता स्वयंले अनुभूति गरेका विषय नै विकासमा परेका हुन्छन् । जनसहभागिता केवल चुनाव ताका मत प्रकट गर्दा मात्र होइन हर समय हर साथ मानव ढुकढुकीसँग आत्मसात् भइरहने विषय हो ।

एकपटक चुनावमा मत प्रकट गर्दैमा सदावहार सँधैका लागि भन्ने पनि हुँदैन । एउटा विचार एक पटकको मत अर्को पटकको मत अभिव्यक्ति अर्कै विचार पनि हुन सक्छ र संसारमा नसोचेको परिणामहरु देखिदै छन् आजसम्म ।

सामाजिक जीवनका अनेक पक्षहरु छन् । जे जसो भएपनि विकासमा साझेदार भने सबै हुन्छन् र हुने गरेका कछन् पनि । सहभागिताको चरणले योजना निर्माणमा मात्रै होइन, योजना कार्यान्वयनमा अनि त्यसको मूल्यांकनमा पनि हुन जरुरी छ । हाम्रो मुलुकमा जन सहभागिताको कमी महसुस भएको छ । विकास र निर्माणका पक्षमा नीतिगत तहमा पनि । विकासको गुणस्तर नदेख्नु र शासन वर्गहरु मनपरी ढंगले सञ्चालित हुनु यसको उदाहरण हो ।

विकास आयोजनाहरुमा जवाफदेहीताको अभाव छ । सडक बनि सक्नासाथ भत्कन थाल्छन् । खरीद प्रक्रिया त्यस्तै छ । आपूर्ति व्यवस्थापन त्यस्तै छ, कसले के गर्ने कुन निकायको जवाफदेहीता हो, स्पष्ट छैन । पिउने पानी, दूध, दैनिक अन्य खाद्यान्नको सवाल वा भनौ कुनैपनि सेवा सुविधामा गुणस्तर छैन । विकास निर्माणमा ठेकेदारी प्रथा बढ्दै गएको छ । यातायातको सिण्डिकेट हट्न सकेको छैन ।

शान्ति सुरक्षाको स्थिति त्यस्तै छ । चोरी, हत्या, हिंसा र बलात्कारी केसहरु नाँगै बाहिर आउने गरेका छन् । जनसहभागिताको क्रममा संस्थाहरुको विकास भने नभएका होइनन् । स्थानीय तहदेखि टोल टोलमा टोल सुधार समितिसम्म सक्रिय भएका देखिन्छन् ।

तर समस्या ज्यँुका त्यूँ नै छ र ढल, खानेपानी, सरसफाइ, शान्तिसुरक्षा, वातावरणीय सफाई कतै राम्रो भन्ने अवस्था छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरु पनि थुप्रै छन् र पनि मुलुक जेनतेन मात्रै चलिरहेको छ ।

चुनाव भएको छ, स्थानीय तहमा जनप्रतिनिधि छन् । तर काम भएको छैन । एकले अर्काको मुख ताक्ने, राम्रो काम भए मैले भन्ने, नराम्रो देखिए मैले होइन, उसले गरेको भन्ने, काम पन्छाउने, जिम्मेवारी बहन नगर्ने संस्कारले पश्रय पाएको छ, हाम्रो समाजमा । आर्थिक र सामाजिक विकासमा यथार्थमा जनसहभागिता हुन सकेको छैन ।

मुलुकको सर्वागीण विकासका लागि जनताको अर्थपूर्ण सहभागिता हुनुपर्छ । तर जनता एकातिर, जनप्रतिनिति अर्कातिर भएको पनि देखिएको छ । जनमतको सही कदर पनि हुन सकको छैन । केवल जनतालाई प्रयोग गर्ने, प्रयोग गरिसकेपछि सत्ता स्वादले जनता बिर्सने संस्कृतिले प्रश्रय पाएको छ हामीकहाँ । अर्को कुरा जनता पनि सचेत सजग हुन सकेका छैनन् । जनप्रतिनिधिहरुले सबैथरी गरिहाल्छन् नि भन्ने सोचमा छन् आम जनता हामी कहाँ ।

विभिन्न क्षेत्रबाट प्रवाह गरिने सेवामा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने गर्छ । राज्यको दरो उपस्थितिका लागि आम नागरिक सचेत हुन जरुरी छ । विकास निर्माण प्रक्रिया तिनका चरणहरुमा उनीहरुको सहभागिता जरुरी छ । विकास निर्माण प्रक्रिया तिनका चरणहरुमा उनीहरुको सहभागिता जरुरी छ ।

सेवा प्रवाहका नागरिकको सहभागिता भएन भने त्यसको कुनै अर्थ रहन्न । स्थानीय स्तरमा सञ्चालित आयोजना स्थानीय स्तरकै विकासका लागि हो । अतः यस्ता आयोजना सञ्चालन र व्यवस्थापनमा स्थानीय नै सहभागि हुनुपर्ने हुन्छ । आम जनतामा प्रवाह हुने सेवा सहज र भरपर्दो, पारदर्शी र गुणस्तरको हुन जरुरी छ । समाजका अगुवा, नागरिक जनसरोकारका अभियन्ता, सामुदायिक एवं गैरसरकारी संस्थाका प्रतिनिधि समेतको संलग्नतामा आम जनसहभागिता हुन जरुरी छ ।

संलग्न व्यक्ति एवं संस्थाहरु नेतामुखी भन्दा पनि सेवामुखी हुन जरुरी छ । उपभोक्ता समिति र तिनका सबै क्रियाकलापहरु पनि पारदर्शी हुन जरुरी छ । नागरिक सचेतना आजको पहिलो चासोको विषय हो ।

योजनामा प्रणाली र पद्धतिमा सार्वजनिक सुनुवाई हुन जरुरी छ । सार्वजनिक सेवा परीक्षण हुन जरुरी छ । चित्र, भूमिका, विषय तत्काल यही उठान गर्ने र तत्काल त्यहीँबाट समाधान निकास निकाल्नु जरुरी छ । वातावरण संरक्षणको विषय होस् वा खानेपानी वा सरसफाइ, कृषि वाणिज्य वा आपूर्ति प्रणाली होस् वा स्वच्छ ऊर्जा वा विपद् व्यवस्थापन, सौर्यऊर्जा होस् वा सडक यातायात । गाउँस्तर जनस्तरमै सिंहदरबार भन्ने नारा दिइयो चुनावका वखत तर सानोतिनो कामलाई पनि फेरी सिंहदरबारबाटै फोन गराउनुपर्ने बाध्यता भए के अर्थ रह्यो ।

स्थानीय तहको अनि स्थानीय सरकारको । कानूनतः अन्धकारको बाँडफाँड भैसकेपछि केन्द्रको मुख ताक्नुपर्ने वा मनसाय बुझ्नुपर्ने अवस्था अब सुहाउँदैन । जनसहभागितको साँचो मर्म बुझ्नुपर्ने बेला होइन र यो ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ फाल्गुन ६, ०९: ३९

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ फाल्गुन ६, ०९: ३९

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ फाल्गुन ६, ०९: ३९

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...