काठमाडौं र बीरगंजमा गिरफ्तार विद्यार्थी रिहा गरी मुद्धा फिर्ता गर्न नेविसंघको माग – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

काठमाडौं र बीरगंजमा गिरफ्तार विद्यार्थी रिहा गरी मुद्धा फिर्ता गर्न नेविसंघको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं र बीरगंजमा पक्राउ परेका नेविसंघका नेतालाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजिप ढुंगानाले विद्यार्थीलाई रिहा गरी झुटा मुद्धा फिर्ता नगरेमा जनता जुर्मुराएको दिन हुने दुर्गतिको समयमै आंकलन गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति र सम्वन्धित प्रहरी अधिकृतहरुलाई चेतावनी दिएका छन् ।
जनताको जीवन रक्षाको लागि लाग्नु पर्ने सरकार जनताको पक्षमा उठेका आवाजलाई दबाबउन प्रहरी दमनको सहारा लिनु अत्यन्तै खेदजनक र घिनलाग्दो चरित्र भएको भन्दै नेविसंघले त्रिविवि उपकुलपतिदेखि केही प्रहरी अधिकारीले सत्ताको आडमा नेविसंघका विद्यार्थीलाई झुटा मुद्धा लगाइ फसाउने नांगो नाच देखाइरहेको आरोप लगाएको हो ।
सत्ताको चाकडी गरेर पुरस्कृत हुन पाइन्छ भन्ने लोभी दासहरुको झुण्ड तयार गर्न सरकार तल्लिन रहेको भन्दै अध्यक्ष ढुंगानाले साउन २७ गते त्रिविवि उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराई सो घटना नेविसंघले गराएको भनी दुष्प्रचार गरेको आरोप लगाएका छन् ।
प्रहरीले साउन २७ गते त्रिविविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा र सवारीमा तोडफोड गरेको भन्दै नेविसंघका नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर लगायत ८ जनालाई पक्राउ गरी मुद्धा लगाएको छ ।
त्यस्तै, साउन २६ गते पर्षा जिल्लाको विरर्गजमा सबै स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा प्रदान गरियोस, कोरोना संक्रमितको उपचारमा लापरवाही नगरियोस र कोरानाका कारण मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ती दिइयोस भनी शान्तिपूर्ण प्रदर्शनमा पक्राउपछि रिहा भएका विद्यार्थी नेता विकास तिवारीलाई साउन २८ गते पक्राउ गरेको थियो ।
पक्राउ गरेको विद्यार्थीलाई तुरन्त रिह गरी जनताका जायज मुद्धा उठाउँदा प्रहरी दमन र झुटा मुद्धाको सहाराले फासउन खोज्ने निरंकुस चरित्र प्रदर्शन नगर्न ओली सरकारलाई अध्यक्ष ढुंगानाले चेतावनी दिएका छन् ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौं र बीरगंजमा पक्राउ परेको विद्यार्थीलाई सत्ताको ताबेदारी गर्दै झुटो मुद्धामा फसाउन खोजेको भन्दै तुरुन्त रिहा गरी झुटा मुद्धा फिर्ता लिन माग गरेका छन् ।
महामन्त्री तिम्सिनाले विश्लविद्यालयमा व्याप्त विकृति विसंगति र राजनैतिक भागबण्डाको अन्त्यगर्दै पोखरा विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ श्रावण ३०, २२: ४२

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ श्रावण ३०, २२: ४२

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७७ श्रावण ३०, २२: ४२

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...