कांग्रेसको उद्योग तथा व्यापार विभागबाट थापाले दिए राजिनामा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कांग्रेसको उद्योग तथा व्यापार विभागबाट थापाले दिए राजिनामा

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख गएको केन्दी्रय उद्योग तथा व्यापार विभागको गठन गरेको एक साता नवित्दिै विभागका केन्द्रिय सदस्य केदार थापाले पदबाट राजिनामा दिएका छन् ।

कांग्रेसको इलाम जिल्ला क्षेत्र नं २ बाट महासमिति सदस्यमा निर्वाचित थापाले आफूलाई विभागको केन्द्रीय सदस्यमा मनोनयन गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्नो ज्ञान, शिप र अनुभवको आधारमा उक्त विभागमा बसेर पदिय दायित्व निर्वाह गर्न असमर्थ हुने जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसवुकमार्फत थापाले सो पदमा नबस्ने व्यहोरा विभागका केन्द्रिय अध्यक्ष चिनकाजी श्रेष्ठलाई जनाएको बताएका छन् । जिल्ला अस्पताल विकास समिति इलामको अध्यक्ष समेत रहेका थापा इलामका चर्चित र लोकप्रीय युवा नेता हुन् ।

पार्टी सभपाति शेरबहादुर देउवाले अर्का नेता रामचन्द्र पौडेलसँगको असहमतिका बाबजुद १८ वटा विभागको गठन र दुई वटा विभागको विभागीय प्रमुख नियुक्त गरेपछि विभागको सदस्यमा रहेकाहरुले धमाधम राजिनामा दिन थालेका छन् ।

असन्तुष्ट नेताहरुले महाधिवेशनको कार्यतालिका शुरु भएकाले विभाग गठन गरी आचार संहिता उल्लंघन नगर्न सभापति देउवासमक्ष लिखित माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ श्रावण ३१, १६: १०

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ श्रावण ३१, १६: १०

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ श्रावण ३१, १६: १०

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...