तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन्।

स्मृति दिवसको कार्यक्रममा बोल्दै भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन्। उनले करिब आठ दशकअघि नेपालमा एमए उत्तीर्ण गर्ने सीमित व्यक्तिमध्ये अमात्य एक रहेको उल्लेख गर्दै त्यतिबेला प्रतिष्ठित र सहज जीवन बिताउने पर्याप्त अवसर हुँदाहुँदै पनि व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो नछानेको बताइन्।

उनले अमात्यले किसान, मजदुर तथा उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षको कठिन र चुनौतीपूर्ण मार्ग रोजेको उल्लेख गर्दै जनपक्षीय राजनीतिप्रतिको उहाँको समर्पण आज पनि प्रेरणादायी रहेको धारणा व्यक्त गरिन्।

भण्डारीका अनुसार अमात्य नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध श्रमजीवी जनताको संघर्षलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले विशेषगरी बारा, रौतहट र सर्लाहीमा अमात्यको नेतृत्वमा सञ्चालन भएका ऐतिहासिक किसान आन्दोलनले किसानहरूमा अधिकारप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूलाई संगठित गर्न उल्लेखनीय योगदान पुर्‍याएको बताइन्।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १७, १७: ४८

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै
आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै
  • २०८३ श्रावण १७, १७: ४८

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका पाँच समितिको बैठक आज बस्दैछ। विभिन्न विषयमा छलफल तथा प्रतिवेदनमाथि विचार–विमर्श गर्न समितिहरूको बैठक बस्न लागेको...

कांग्रेसले भन्यो- अर्थतन्त्रमा संकट गहिरिँदै, सरकारप्रति निजी क्षेत्रको अविश्वास बढ्यो
कांग्रेसले भन्यो- अर्थतन्त्रमा संकट गहिरिँदै, सरकारप्रति निजी क्षेत्रको अविश्वास बढ्यो
  • २०८३ श्रावण १७, १७: ४८

काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकारको गलत दृष्टिकोण र नीतिका कारण निजी क्षेत्र पूर्ण रूपमा हतोत्साहित र त्रसित बनेको भन्दै...