इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनले हासिल गरेका उपलब्धि, भोगेका अनुभव तथा कमजोरीहरूको सामूहिक रूपमा अध्ययन र समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रचण्डले इतिहासको अनुसन्धान तथा समीक्षा गर्न प्रमुख वामपन्थी दलका नेताहरू सम्मिलित एक सामूहिक टोली गठन गर्न प्रस्तावसमेत गरेका छन्। उनका अनुसार विगतका कमजोरी पहिचान गर्दै आत्मसमीक्षा गर्न सके भविष्यका लागि स्पष्ट मार्गनिर्देशन तयार गर्न सकिनेछ।

उनले इतिहासका अनुभवबाट शिक्षा लिएर दृढतापूर्वक अघि बढे कम्युनिष्ट आन्दोलन पुनः सशक्त बन्न सक्ने विश्वास व्यक्त गरे। साथै, प्रमुख वामपन्थी दलहरूबीच अनुसन्धानमूलक ढंगले इतिहासको समीक्षा गर्न सके त्यसले भावी पुस्ताका लागि पनि महत्वपूर्ण अध्ययन सामग्री तयार हुने बताए।

प्रचण्डले वर्तमान अवस्थामा कम्युनिष्ट आन्दोलन चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै त्यसबाट बाहिरिन आत्मसमीक्षा, वैचारिक स्पष्टता र साझा संकल्प अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा उनले शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा विभिन्न शक्ति केन्द्रबाट अवरोध सिर्जना गर्ने प्रयास भए पनि राजनीतिक नेतृत्वले ती चुनौती पार गर्दै प्रक्रिया सफल बनाएको दाबी गरे।

उनले शान्ति सम्झौता र संविधान निर्माणलाई नेपालको महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए। यद्यपि सरकारको नेतृत्व गरेपछि दीर्घकालीन रणनीतिक दृष्टिकोणलाई निरन्तरता दिन नसकिएको स्वीकार गर्दै त्यसबाट पनि शिक्षा लिनुपर्नेमा उनले जोड दिए।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण १८, २०: ०६

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १८, २०: ०६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १८, २०: ०६

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...