अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

युवाको संघर्ष, साहस र योगदान नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्न युवाको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।

उनले सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले युवाका लागि शिक्षा, सीप तथा क्षमता विकाससँगै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा
कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा
  • २०८३ श्रावण २७, १०: ४८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ । नेपाली...

भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
  • २०८३ श्रावण २७, १०: ४८

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री शाहको जानकारी, उद्धार र राहतलाई प्राथमिकता
भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री शाहको जानकारी, उद्धार र राहतलाई प्राथमिकता
  • २०८३ श्रावण २७, १०: ४८

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई जानकारी...