परराष्ट्रमन्त्री खनालसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

परराष्ट्रमन्त्री खनालसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरिन् ।

राजदूत लोरेन्जोले मंगलबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय
यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय
  • २०८३ भाद्र २, १५: १८

काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे विस्तृत समीक्षा गर्दै विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।...

विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन : मन्त्री श्रेष्ठ
विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन : मन्त्री श्रेष्ठ
  • २०८३ भाद्र २, १५: १८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै
  • २०८३ भाद्र २, १५: १८

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आफ्नै दल नेकपाभित्र मन्त्री छनोटको विषय...