तरुण दलको चियापानमा युवा नेताको प्रतिवद्धताः नेतृत्वमा आउन एकजुट हुने – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

तरुण दलको चियापानमा युवा नेताको प्रतिवद्धताः नेतृत्वमा आउन एकजुट हुने


नयाँ विकल्प,

हरिवन (सर्लाही) – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सर्लाहीको हरिवनमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

तरुण दल महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति निरमुनी मैनालीको संयोजकत्वमा दिपावली एवम् छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको थियो ।

नेता मैनालीले युवाहरुले नै कांग्रेसमा आकर्षण पैदा गर्ने भएकोले प्रत्येक क्रियाशिल युवाले कम्तिमा पनि तीन युवालाई कांग्रेसको झन्डामुनी ल्याउने अभियान संचालन गर्न आव्हान गरे ।

नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्कीको सक्रियता तथा तरुण दल हरिवन नगरपालिका ९ नं. वडा सभापति शंकर मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको सर्लाही जिल्ला कार्यसमितिका सहसचिव डोरप्रसाद भट्टराईको उपस्थिति थियो ।

चियापान कार्यक्रममा जिल्ला सदस्यद्वय सुनिता घिसिङ र कृष्णजंग रायमाझी, महासमिति सदस्य शेरबहादुर लामा, महाधिवेशन प्रतिनिधि सोनीकुमारी बम्जन, कांग्रेसका युवा नेताहरु सुरेश महत, विनोद कार्की, अर्जुन योञ्जन, केशवराज थापा, नरेन्द्र भट्टराई, युगल सुवेदी, आदिबासी जनजाती संघका अध्यक्ष बुद्दिमान तामाङले शुभकामना दिएका थिए ।

अधिकांस वक्ताहरुले पार्टी संगठनको सुदृढिकरण आवश्यक भएको भन्दै चरम गुटउपगुटको राजनीति भन्दापनि गाउँ गाउँमा रचनात्मक गतिविधि बढाउँदै संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरुले हरिवनमा नेतृत्व तहले कार्यकर्तालाई उचित संरक्षण गर्न नसकेको, संगठन विस्तार एवं सुदृढिकरणमा गतिविधी नगरेको गुनासो गर्दै अब युवा वर्ग एकजुट भएर नेतृत्व तहमा आउनुपर्ने धारणा अघि सारेका थिए ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २४, १४: ५८

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २४, १४: ५८

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ कार्तिक २४, १४: ५८

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...