
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डले सभापति देउवालाई चीन भ्रमणको निम्ता दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान भएको भेटमा उपमन्त्री क्वोले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेकोले सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।
उपमन्त्री क्वोले कांग्रेससँग आफूहरूको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।
उनले कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसा गरेका थिए ।
उनीहरूबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

चिनियाँ प्रतिनिधिसँगको भेटमा सभापति देउवासँगै कांग्रेस नेता डा. नारायण खड्का र देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई सहभागी थिए । सत्तारुढ नेकपाको अनौपचारिक विभाजनपछि चिनियाँ विदेश विभागका उपमन्त्रीको नेपाल भ्रमणलाई निकै महत्वपूर्ण र दूरगामी असर पार्न सक्ने आंकलन गरिँदै आएको छ ।
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...