

नयाँ बिकल्प,
बिराटनगर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिबाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राइलाई असन्तुष्ट पुष्पकमद दाहाल र माधवकुमार नेपाल समूहले संसदीय दलको नेताबाट हटाएका छन् ।
नेकपा (प्रचण्ड–माधव) समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको हो । नेकपा प्रदेश नं १ संसदीय दलको बहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएको हो ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए । उनीहरुले आफूसँग ४७ जना सांसद रहेको दाबी गरेका छन् ।
प्रदेश एकमा मुख्यमन्त्री हुन चाहने प्रदेस सदस्यले ४७ सदस्यको समर्थन लिनु पर्ने हुन्छ । यो प्रदेशमा ९३ जना सांसद छन् । जसमा कांग्रेसका २१ र जनता समाजवादीका ३ सांसद रहेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...