प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले मिश्रलाई दिए सीमामा बस्न चेतावनी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले मिश्रलाई दिए सीमामा बस्न चेतावनी

नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले ‘प्रधानन्यायाधीशहरुले विचाराधीन मुद्धामा बोल्नु पर्ने र प्रधानमन्त्री÷राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध ¥याली आव्हान गर्दा हजारौं सरिक हुने । अब अति भो !’ भनेर ट्विट गरेका थिए ।

मिश्रले ‘काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने’ भनाइ राखेका थिए । मिश्रको यस्तो ट्विटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले प्रतिक्रिया स्वरुप मिश्रलाई उत्तर दिदै भनेका छन् ‘सीमामा बस्नुस् रबीन्द्रजी !’

रिमालले मिश्रको ट्विट टिप्पणी गर्न पनि उपयुक्त नभएको लेखेका छन् । लेखेका छन् ‘ यति चाहि भनूँ –मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र उनका सचिवालयका जिम्मेवार पदाधिकारी र मन्त्रीहरुले विगत दुई सातादेखि सार्वजनिक मञ्ज र सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा टिप्पणी गर्न लायकको नभएको अभिव्यक्ति दिँदै अनेकौं उपमा र दृष्टान्त दिँदै चेतावनी दिने गरेका छन् ।

रविन्द्र मिश्र हालै एकीकृत भएको विवेकशील साझाका अध्यक्ष हुन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मिश्रका हजारौं फलोअर्स रहेका छन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २६, १३: १७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २६, १३: १७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ पुष २६, १३: १७

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...