
नयाँ विकल्प
काठमाडौं- नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच पार्टीका अन्य नेताहरुसँग हुने भनिएको बैठक स्थगित भएको छ। पार्टीको १३औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने शुक्रबारको पूर्वनिर्धारित कार्यक्रम कांग्रेस क्रियाशिल सदस्यता बिबाद टुंगो लगाउनका लागि स्थगित भएको नेता प्रकाशमान सिंहले जानकारी दिएका हुन्।
पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको थियाे। सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रियाभित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुन र आज पार्टीका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो।
क्रियाशील सदस्यताको विषय नटुंगिएकोले बैठक स्थगित भएको नेता सिंहले बताए। उनले भने, ‘आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु।’
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिँदै जाने समेत उनले सबैमा जानकारी गराएका छन्।
काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...