एमाले एकताबद्ध हुनेमा आशावादी छौँः नेम्वाङ – Naya Bikalpa
November 10, 2026, Tuesday      Epaper

एमाले एकताबद्ध हुनेमा आशावादी छौँः नेम्वाङ

नयाँ विकल्प

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।

सम्बन्धित समाचार

नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
  • २०७८ असार २५, ०६: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...

नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त
नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त
  • २०७८ असार २५, ०६: ४३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना...

संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
  • २०७८ असार २५, ०६: ४३

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग...