ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रधानमन्त्री देउवा – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रधानमन्त्री देउवा

नयाँ विकल्प

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन्। असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुभकामना व्यक्त गरेका हुन्।

ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताएका छन्। उनले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गरेका छन्।

गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ। ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ।

वेदव्यासले वेदान्त, १८ पुराण, उपनिषद्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ। प्रधानमन्त्री देउवाले गुरु पूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०७८ श्रावण ९, ०७: ००

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०७८ श्रावण ९, ०७: ००

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०७८ श्रावण ९, ०७: ००

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...