कांग्रेसले टुंग्यायो थप चार मन्त्रीको नाम, रक्षा मन्त्री बन्दै मिनेन्द्र रिजाल – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

कांग्रेसले टुंग्यायो थप चार मन्त्रीको नाम, रक्षा मन्त्री बन्दै मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुँने मन्त्रीको नाम टुंंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री हुदैछन् । जसमा क्रमशः रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला तथा बालबालिका र खानेपानी मन्त्रालय सम्हाल्ने काँग्रेस स्रोतले बताएको छ । यता मिनेन्द्र र दिलेन्द्र पौडेल पक्षबाट मन्त्री बन्न लागेको स्रोतले बताएको हो ।

यसअघिका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने तयारी प्रधानमन्त्री स्रोतले गरेको छ । कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्रीमा नारायण खड्का तथा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ यसअघि नै नियुक्त भइसकेका छन् ।

सत्तारुढ गठबन्धनका पार्टीहरुले आ–आफ्नो पार्टीबाट मन्त्री हुनेको नामावली प्रधानमन्त्री देउवालाई दिएसंगै आजै मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी रहेको छ ।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०७८ आश्विन २२, १५: २९

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०७८ आश्विन २२, १५: २९

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ आश्विन २२, १५: २९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...