संघीय सांसदहरूले पाए दसैं विदा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

संघीय सांसदहरूले पाए दसैं विदा

काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको हो ।

संघीय संसदको प्रतिनिधि सभा कात्तिक ९ गते मंगलबारसम्मका लागि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैं शुरु भइसकेकोले लामो समयसम्म संसद बैठक स्थगित भएपछि सांसदहरुले दशैं विदा पाएका हुन् । त्यसो त धेरै सोमबारको बैठकमा धेरै सांसदहरु उपस्थित भएका थिएनन् । प्राय सांसदहरु गाउँ गइसकेका छन् ।

सोमबारको बैठक पनि सभामुख सापकोटाले नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरेका थिए । बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । यता राष्ट्रियसभामा भने एमाले सांसदहरु मौन रहेर उभिए विरोध जनाएका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको रेल्वे विधेयक २०७८ राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएसँगै सोमबारको प्रतिनिधि सभाले सो फिर्ता लिएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २५, १५: २२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन २५, १५: २२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन २५, १५: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...