गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टी

कास्की । नयाँ मन्त्रिमण्डल विस्तार गर्दा पार्टीहरुबीच सल्लाह नगरिएको भन्दै गण्डकीमा मनमुटाव सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले असहमति जनाएको स्रोत बताएको हो ।

डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका रहेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै मन्त्री नियुक्त गरेपछि शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार कुरा केन्द्र मै भएको भनेर मुख्यमन्त्री भने पनि हाम्रो सहमति छैन । यस कारण शपथमा गइएन । यदि केन्द्रमा कुरा भएको भए त हामीलाई पनि जानकारी हुनुपर्ने हो । हाम्रो पार्टीले केही भनेको छैन ।
उनले भने ‘यसरी हेर्दा माधव नेपाल पक्षको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । मन्त्री थप्न १२ भन्दा पाइन्न । माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भन्दा पनि मुख्यमन्त्रीले सुन्नुभएन ।’

गण्डकी प्रदेशमा नेकपा माओवादी प्रमुख सत्ता साझेदार दल हो । यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गर्नुपर्ने नेता चुमाने बताए ।


अनले भने, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो । यसरी नै जाने हो भने, के–के हुन्छ के–के । गठबन्धन भएपछि सहमतिमा गर्नु प¥यो। भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौं ।


जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति तोडेर कांग्रेसले आफ्नो मात्रै मन्त्री थपेको छ । जनमोर्चा पनि सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदैन । गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् । एमालेका २७ सांसद प्रतिपक्षमा छन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन २६, १४: ३४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन २६, १४: ३४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २६, १४: ३४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...